पोखरामा रविले भने- 'टाउकोमा कफन बाँधेर राजनीतिमा आएको छु'
पाेखरा | साउन ७, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीको पोखरामा आयोजित गण्डकी प्रदेश भेलामा सम्बोधन गर्ने क्रममा पार्टीका सभापति रवि लामिछानेले आम, सर्वसाधरणको जीवन बदल्न राजनीतिमा आएको बताएका छन् ।
प्रदेशका प्रायः सबै जिल्लाबाट पोखरा सभागृहमा भेला भएका सहभागीबीच अध्यक्ष रविले भने, ‘म टाउकोमा कफन बाँधेर राजनीतिमा आएको छु ।’ पार्टी स्थापनालगत्तै ‘यसलाई राजनीति गर्न आउँदैन’ भनि गरिएको आलोचनाको जवाफ दिँदै लामिछानेले ‘मलाई राजनीति गर्न आउँदैन तर विदेशमा दुख पाएकाहरुको घाउमा मल्हम लगाउन आउँछ’ भनेका छन् ।
सम्बोधनको सुरुवातमै पोखराले धेरै माया र प्रेरणा दिएको भन्दै उनले भने ‘नमस्कार, मलाई यही आँखाले हेरिरहनुहोला ।’
‘स्वतन्त्र पार्टीको वाद के हो ? भनि सोधिएको प्रश्नको उत्तरसमेत उनले पोखराबाट जवाफ दिन भ्याए । ‘संवैधानिक समाजवाद’, रविको जवाफ छ । उनले न्यायमा आम जनताको पहुँच नभएको भन्दै राजनीतिक दलको कोटाबाट न्यायाधीश नियुक्त गर्ने परिपाटीको विरोध गरे ।
उनले यातायात, मालपोत, सडक र रोजगारको क्षेत्र लथालिंग भएको भन्दै आजसम्म नेतृत्वले किन ठिक गर्न सकेनन् भन्दै प्रश्नसमेत गरे ।
अब प्रश्न सोध्ने कामबाट बिदा लिएको भन्दै अब जवाफ दिने ठाउँमा जाने यात्रा सुरु गरेको भन्दै प्रदेशवासीलाई साथ र समर्थन गर्न आग्रह गरे ।
उनले सम्बोधनको अन्त्यमा आगामी चुनावमा पार्टीलाई भोट दिन आग्रह गर्दै भने, ‘तपाई अब मन बदल्नुहोस्, छाप बदल्नुहोस्, हामी देश बदल्ने छौं ।’
पार्टीले केहि दिनयता सदस्यता लिन चाहनेकालागि अनलाइन फर्मकोसमेत व्यवस्था गरेको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

